• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार २४ गते, मंगलवार ०३:१९

असार २४, २०८२ काठमाडौं । आज शेयर झिनो अंकले बढेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ३.६१ अंकले बढेर २६८७ को बिन्दुमा कायम भएको छ ।

National Life

सोमबार सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । यता, बुटवल पावर कम्पनीको ४१ करोड ६९ लाख रुपैयाँले सर्वाधिक दोस्रो कारोबार भएको छ ।

त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ३९ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर २४ करोड ३२ लाख रुपैयाँ, राधी जल विद्युतको २३ करोड ०६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १९ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया