• २१ असोज २०८३, बुधबार
  • ५ः०९ बिहान

सरकारमा ठूला फेरबदलको तयारी, ओली–देउवा सहमतिमा गृह र अर्थ साटिने

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार १०:४४

असार १७, २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट स्वदेश फर्केको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेससँगको मन्त्रालय बाँडफाँड परिवर्तन गर्ने भएका छन् । कार्यक्षमताका आधारमा मन्त्री फिर्ता बोलाउने तयारी भइरहेको छ भने केही नयाँ अनुहार सरकारमा ल्याउने तयारी सत्ता गठबन्धनभित्र भइरहेको छ।

National Life

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान मन्त्रीहरूको कार्यसम्पादनको मूल्याङ्कनपछि आवश्यक परे फिर्ता बोलाउने संकेत गरेका छन्। स्रोतका अनुसार कांग्रेसले आफ्ना केही मन्त्रीहरू फिर्ता बोलाएर नयाँ अनुहार पठाउने तयारी गरिरहेको छ।

यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गृहमन्त्रालय एमाले र अर्थ मन्त्रालय कांग्रेसले लिने सहमति भएको थियो। अब उक्त सहमति कार्यान्वयन हुँदैछ। गृहमन्त्रीको रुपमा एमालेबाट पदम गिरी वा महेश बर्तौलामध्ये एकलाई अघि सार्ने चर्चा पार्टीभित्र चलेको छ। प्रधानमन्त्री ओली नयाँ पुस्तालाई प्राथमिकता दिने रणनीतिमा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, अर्थमन्त्रीको जिम्मेवारी कांग्रेसले पाउने भएमा गगन थापाको नाम प्रमुख दाबेदारको रूपमा अगाडि आएको छ। काम गर्न सक्ने र सार्वजनिक छवि बलियो भएका नेताहरूलाई सरकारमा ल्याएर ओलीले पार्टीभित्रको असन्तोष कम गर्न खोजेको बताइएको छ।

प्रतिकृया