• २१ असोज २०८३, बुधबार
  • ५ः१८ बिहान

एलआइसी नेपालको सेयरमूल्य समायोजन, नेप्सेले नयाँ मूल्य कति निर्धारण गर्यो ?

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ११:१९

असार १६ , २०८२ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (एलआइसी नेपाल) को सेयरमूल्य समायोजन गरेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेपछि नेप्सेले नयाँ समायोजित मूल्य निर्धारण गरेको हो।

National Life

समायोजनपछि एलआइसी नेपालको सेयरमूल्य ८२५ रुपैयाँ ७८ पैसा कायम भएको छ। यो मूल्य आइतबारको दोस्रो बजारमा बन्द भएको ९०८ रुपैयाँ ३६ पैसालाई आधार मानेर समायोजन गरिएको हो।

यही नयाँ समायोजित मूल्यलाई आधार बनाएर आजदेखि दोस्रो बजारमा एलआइसी नेपालको सेयर कारोबार खुल्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया