• २१ असोज २०८३, बुधबार
  • ५ः१९ बिहान

ट्रम्पको पक्षमा अदालतको फैसला- अब अमेरिकामा सबैले जन्मसिद्ध नागरिकता नपाउने

प्रकाशित मिति

२०८२ असार १४ गते, शनिबार ११:४३

वासिङ्टन – अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशमाथि तल्लो अदालतले रोक लगाउन नसक्ने फैसला सुनाएको छ । न्यायाधीश एमी कोनी ब्यारेटद्वारा लिखित यो फैसलाले अब अमेरिकामा सबैले जन्मसिद्ध नागरिकता नपाउने स्पष्ट पारेको हो । यद्यपि, फैसलाले ट्रम्पको आप्रवासनप्रतिको कडा नीतिको अंश रहेको उक्त नीतिको वैधानिकताका बारेमा भने कुनै निर्णय गरेको छैन।

National Life

राष्ट्रपति ट्रम्पले यस फैसलाको प्रशंसा गर्दै आफ्नो प्रशासनले अब जन्मसिद्ध नागरिकता कार्यकारी आदेश जस्ता धेरै नीतिहरूलाई अगाडि बढाउन सक्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामीसँग यस्ता धेरै नीतिहरू छन्। मसँग पूरै सूची छ।” फैसलाले ट्रम्पको कार्यकारी आदेश शुक्रबारको निर्णयको ३० दिनपछि मात्र लागू हुन सक्ने स्पष्ट पारेको छ। यसले भविष्यमा ट्रम्पको आदेश देशका केही भागहरूमा लागू हुने सम्भावना बढाएको छ।

आफ्नो पहिलो दिन कार्यालयमा फर्किएपछि ट्रम्पले संघीय निकायहरूलाई संयुक्त राज्य अमेरिकामा जन्मेका तर कम्तिमा एक अमेरिकी नागरिक वा कानुनी स्थायी बासिन्दा (ग्रिन कार्ड धारक०)आमाबाबु नभएका बालबालिकाको नागरिकतालाई मान्यता नदिन निर्देशन दिँदै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया