• २१ असोज २०८३, बुधबार
  • ५ः२४ बिहान

छ्याङ्दीको हकप्रदमा आवेदन दिने समयसीमा थप

प्रकाशित मिति

२०८२ असार १२ गते, बिहीबार ०९:४७

असार १२ , २०८२ काठमाडौं ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने समयसीमा थप भएको छ। यसअघि आज निष्कासन बन्द गर्ने भनिएकोमा तोकिएको जति आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो।

National Life

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद १ बराबर १ को अनुपातमा निष्कासन गरिरहेको छ। हकप्रद निष्कासनका लागि जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। हाल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको हकप्रद बाँडफाँडपछि ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

प्रतिकृया