• २१ असोज २०८३, बुधबार
  • ५ः३६ बिहान

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ असार १ गते, आईतवार ११:२४

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य एक लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

National Life

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६९ हजार ३२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

facebook sharing button
twitter sharing button
sharethis sharing button

प्रतिकृया