• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ जेष्ठ २५ गते, आईतवार ०९:४७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले जेठ १८ गतेदेखि ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्काशनमा ल्याएको हो।

National Life

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ।

सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता रअधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया