• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

केपी शर्मा ओलीले भ्रष्टाचार मुद्दा दायर गराएको माधवकुमार नेपालले आरोप

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ०५:०९

काठमाडौं ।  पूर्वप्रधानमन्त्री र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफूविरुद्ध मुद्दा चलाउनको लागि साजिश र योजना बनाएको आरोप लगाएका छन्।

National Life

पञ्जली प्रकरणमा आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको विषयमा प्रतिक्रिया दिँदै उनले ओलीको नाम अगाडि ल्याएका छन्। नेपालले बिहीबार रौतहटस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “सुरुदेखि नै ओली मेरोविरुद्ध लागेको हो। उहाँको उद्देश्य मेरो राजनीतिक करिअर समाप्त गर्नु हो।”

उनले थपे, “उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो र पटक-पटक मलाई राजनीतिक दृष्टिले कमजोर बनाउने कोसिस गर्नुभएको छ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया