• २१ असोज २०८३, बुधबार
  • ६ः२० बिहान

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

प्रकाशित मिति

२०८२ जेष्ठ २० गते, मंगलवार १२:४३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा सुरु हुन लागेको छलफल र संसद् गतिरोधका विषयमा विपक्षी दलहरूसँग समन्वय गर्न संयुक्त बैठक बोलाएको छ।

National Life

संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा अहिले विपक्षी दलहरूको बैठक जारी छ।

विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा अडिग रहेका छन्। उनीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप लगाउँदै राजीनामा नआएसम्म संसद् सुचारु हुन नदिने अडानमा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबारदेखि संसद्मा बजेटमाथि छलफल सुरु गर्ने तयारी भए पनि सत्ता साझेदार दलहरू—नेपाली कांग्रेस र नेकपा एमाले—ले संसद् अवरोध नगर्न विपक्षी दलहरूलाई आग्रह गरेका थिए। तर विपक्षीहरू उक्त आग्रहप्रति सकारात्मक देखिएका छैनन्।

संसद् गतिरोध समाधानबिना बजेटमाथिको औपचारिक छलफल अगाडि बढ्न सक्ने सम्भावना कमजोर देखिएको छ। बैठकपछि विपक्षी दलहरूले आगामी रणनीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।


प्रतिकृया