• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

आलमलाई सफाइ दिने निर्णयमा संलग्न न्यायाधीशमाथि उजुरी

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार ०१:१५

काठमाडौं । रौतहट बम विस्फोट प्रकरणमा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायतलाई सफाइ दिने फैसला गर्ने दुई जना उच्च अदालतका न्यायाधीशहरूविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ।
युवराज पौडेल नाम गरेका व्यक्तिले न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध छानबिनको मागसहित उजुरी दर्ता गराएका हुन्।

National Life

उनले पदमै रहँदा न्याय सम्पादन प्रभावित हुन सक्ने भन्दै तत्काल निलम्बन गरेर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। उजुरीमा विगतमा गरेका फैसलाहरूको समेत समीक्षा गर्नुपर्ने उल्लेख गरिएको छ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहितलाई सफाइ दिएको थियो। उनीहरूलाई बम विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप लागेको थियो। फैसलापछि न्यायाधीश थारु र महर्जनको भूमिकामाथि तीव्र आलोचना भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

न्यायपरिषद ऐनअनुसार कार्यक्षमता अभाव, आचारसंहिता उल्लंघन वा खराब आचरणका आधारमा न्यायाधीशहरूलाई छानबिन गर्न सकिने कानुनी व्यवस्था छ। पौडेलको उजुरीमा न्यायाधीशहरूको निर्णय नै प्रश्नयोग्य रहेको भन्दै उक्त व्यवस्था प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिकृया