• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

प्रकाशित मिति

२०८२ जेष्ठ १४ गते, बुधबार ०४:०१

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १७.४४ अंकले बढेर दुई हजार ६९३.०६ विन्दुमा बन्द भएको हो ।

National Life

त्यसैगरी, आज कारोबार रकम पनि बढेको छ । आज कूल २ करोड ७ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज १४८ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने ९७ वटा कम्पनीको मूल्य घटेको छ। दुई वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

त्यसैगरी, आज ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट बैंक र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया