नेपाली कांग्रेस पदाधिकारी बैठक: गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग
प्रकाशित मिति
२०८२ जेष्ठ १२ गते, सोमबार ०१:०८
काठमाडौं । नेपाली कांग्रेसको आज बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने नेताहरूप्रति असन्तुष्टि व्यक्त गरिएको छ। बैठकमा गृहमन्त्री लेखकले आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको स्पष्ट पार्दै नेताहरूलाई जानकारी गराएका थिए।
बैठकमा सहभागी नेताहरूले पार्टीभित्रैबाट गृहमन्त्रीको राजीनामा मागिनु अनुचित भएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्। नेताहरूका अनुसार यसले पार्टी अनुशासनमा प्रश्न उठाउने र सार्वजनिक सन्देशमा भ्रम सिर्जना गर्ने भन्दै असन्तुष्टि व्यक्त गरिएको हो।

नेता डा. शशांक कोइरालाले बैठकपछि पत्रकारसँग कुरा गर्दै राजीनामा माग गर्ने नेताहरूलाई पार्टीले स्पष्टीकरण सोध्नुपर्ने धारणा उठेको जानकारी दिएका छन्।

गृह मन्त्रालयसँग जोडिएको भिजिट भिसा प्रकरणका कारण गृहमन्त्री लेखकको आलोचना भइरहेका बेला कांग्रेसको आन्तरिक छलफलमा यो विषय प्रवेश गरेको हो। लेखकले भने आफू सो प्रकरणमा संलग्न नरहेको दाबी गर्दै जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको बताएका छन्।




प्रतिकृया