• २१ असोज २०८३, बुधबार
  • ६ः५९ बिहान

भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

प्रकाशित मिति

२०८२ जेष्ठ ६ गते, मंगलवार ०४:५८

काठमाडौँ । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।

National Life

विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए । सांसदहरूले सैद्धान्तिक छलफलमा उठाएका विषयवस्तुबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रतिकृया