• २ असोज २०८३, शुक्रबार
  • ९ः५८ बिहान

सुर्यविनायक नगरपालिकामा आजबाट मेलम्चीको पानी वितरण

प्रकाशित मिति

२०८२ बैशाख ३० गते, मंगलवार ०१:५८

भक्तपुरको सुर्यविनायक नगरपालिकाले आजबाट मेलम्ची खानेपानीको वितरण सुरू गरेको छ । सुर्यविनायक नगरपालिका -६ स्थित पाण्डुवबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानपानी ट्यांकीबाट मेलम्चीको पानी वितरण सुरू गरिएको हो । कृष्ण प्रसाद भट्टराईले भनेको २८ वर्षपछि काठमाडौं उपत्यका मेलम्चीको पानी आएको बताउँदै सुर्यविनायक नगरपालिकाले योजना सुरू गरेको दुइ वर्ष भित्र खानेपानी वितरण सुरू गरेको बागमति प्रदेशका स्वस्थ्य मन्त्री किरण थापाले वताउनुभयो ।

National Life

मेलम्ची खानेपानी आयोजनाले अधिग्रहण गरेको जग्गामा मुद्ध परेपछि खानेपानी वितरणमा ढिलाइ भएको उहाँले बताउनुभयो । सबै खानेपानीका उपभोक्ता समुहलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा लैजाने उहाँले बताउनुभयो । ुकेयुकेलुले वितरण गर्ने पानी प्रति युनिट १० रूपैयाँ वितरण हुने गरी नगरपालिकाले कार्य अघि बढाउने नगरप्रमुख वासुदेव थापाले वताउनुभयो ।

नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म करिब दैनिक ३५ लाख लिटर पानी वितरण हुने नगरप्रमुख थापाले वताउनुभयो । यो खानपानी योजना नगरपालिकाले ८ करोड रूपैयाँ लागतमा २०८० असोजमा सुरूवात गरेको थियो । ८ करोड मध्ये ६० प्रतिशत नगरपालिकाको बजेट र ३० प्रतिशतमा १ करोड रूपैयाँ बजेट बागमति प्रदेश सरकारबाट र बाँकी उपभोक्ताको बजेटबाट मेलम्ची खानेपानी वितरणको योजनाको थालनी भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

स्वच्छ खानेपानीको अधिकार भएको बताउँदै हिमालबाट झरेको खानेपानी अहिले १ देखि ६ सम्म वडामा वितरण गर्ने र बाँकी ४ वटा वडाहरूमा २ वर्ष भित्र मेलम्चीको पानी पुर्याउने लक्ष्य रहेको प्रमुख थापाले वताउनुभयो । आज बाट मेलम्चीको पानी सुवर्णेश्वर , पाण्डुवजार, वालकोट, दक्षिणवाराही घट्टेखोला लागयतका ट्यांकीमा पठाइएको प्रवक्त एंव वडा नम्वर ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले वताउनुभयो । मेलम्चीको पानी नगरभित्रका ३५ हजार घरधुरी सम्म पुर्याउने उहाँले वताउनुभयो ।

प्रतिकृया