• ५ असोज २०८३, सोमबार
  • ९ः३३ राती

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित

प्रकाशित मिति

२०८२ बैशाख १६ गते, मंगलवार ०४:४८

वैशाख १६, २०८२ काठमाडौँ: प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई पारित गरेको हो ।

National Life

त्यसअघि विधेयकमाथिको छलफलका उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भन्सार विन्दुमा देखिएका बेथितिलाई रोक्दै अनियमितता नियन्त्रणका साथै राजस्व छल्न नदिने कुरामा सरकार गम्भीर रहेको बताए ।

विभिन्न महासन्धिका साथै विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकाले नाताले नेपालले गर्नुपर्ने अभिभारालाई विधेयकमा सम्बोधन गरिएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले समयसापेक्ष भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन नयाँ कानुन आवश्यक रहेको उल्लेख यसले भन्सार क्षेत्रमा गुणात्मक सुधार ल्याउने जिकिर गरे ।

त्यस्तै बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ समेत पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषदको सिफारिसमा वैशाख १९ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए ।

प्रतिकृया