अदालतको अवहेलना मुद्धामा गगन थापासँग लिखित जवाफ माग
प्रकाशित मिति
२०८२ बैशाख १६ गते, मंगलवार ०५:१७

वैशाख १६, २०८२ काठमाडौँ: सर्वोच्च अदालतले अदालतको अवहेलना आरोपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग गरेको छ ।
मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग गरेको हो । सर्वोच्चले सात दिनभित्र जवाफ पेस गर्न आदेश भएको हो ।
आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको थियो। अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मुद्दा दायर गरेका थिए ।
संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले दिएको भाषणले अदालतको अवहेलना भएको भन्दै मुद्धा दायर गरिएको थियो । संवैधानिक नियुक्तिको विषयमा सर्वोच्च अदालतमा अहिले पनि हेर्दाहेर्दैमा छ ।
प्रतिकृया