स्थानीयले सुचना दिदाँ इटहरीमा भेटियो प्रसाई चढेको गाडी, भेटिएनन उनी
प्रकाशित मिति
२०८१ चैत्र २२ गते, शुक्रबार ०८:५३
चैत्र २२, २०८१ काठमाडौँ: काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिसांत्मक भएपछि भारततर्फ जादैं गरेको सुचना पाएर पनि प्रहरीले गाडी भेटेर पनि दुर्गा प्रसाईलाई भेटन असफल भएको छ । काठमाण्डौमा प्रहरीले खोज्न थालेपछि साँगा हुदैं बर्दिवास तर्फ जादै गरेको सुचना पाउँदा समेत प्रहरीले दुर्गा प्रसाईंलाई नभेटेको भन्दै चढेर भागेको गाडी नियन्त्रणमा लिएको हो । ईटहरीबाट समातेको बिएबी ४२०८ नम्बरको एसयुभी अहिले प्रहरीले नियन्त्रणमा लिएर काठमाण्डौ ल्याईसकेको छ ।
उक्त गाडी अहिले कार्यालयकै परिसरमा राखिएको छ । तर, प्रसाई भने प्रहरीले इटहरी पुगेको सुचना पाएर गाडीको चेकजाँच कडा पारेको सुचनापछि गाडी बदलेर भारत पसेको आशंका छ । प्रर्दशन हिसांत्मक बन्दै जादाँ प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । प्रसाई भने प्रहरीले खोजेको थाहा पाएपछि केहिबेर तिनकुनेकै एउटा सटरभित्र बसेर सोही गाडीमा चढेर इटहरी पुगेका थिए ।
तिनकुनेमा प्रसाईलाई खोज्न शुरु गरेको प्रहरीले एउटै ेगाडीमा इमाडोल पुगेर धर्मगुरु पुष्कर खतिवडाको घरमा फलफुल खाई सोही गाडीमा चढेर काभ्रेको साँगा पुगेको सुचना पाएको थियो । साँगा हुदै बर्दिबासबाट इटहरी पुगेको अर्को सुचना पाउँदा समेत प्रहरीले चढेको गाडी भेटिदाँ प्रसाई पक्राउ पर्न नसक्नुले नेपाल प्रहरीको अनुसन्धान क्षमतामाथि नै प्रश्न उब्जिएको छ । अहिले प्रसाई भारतमा पुगेको आशंका छ ।






प्रतिकृया