मालपोतका कर्मचारी र कानून व्यवसायी घुससहित पक्राउ
प्रकाशित मिति
२०८१ फाल्गुन २८ गते, बुधबार १२:१९
फाल्गुण २८, २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरबाट एक कर्मचारी र एक लेखापढी कानून व्यवसायीलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले मिति मंगलबार (हिजो) उक्त कारबाही गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, महोत्तरी मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना प्राप्त भएको थियो।
सोही सूचना र उजुरीका आधारमा खटिएको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ३५,००० रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो। पक्राउ परेका दास र महतोमाथि उक्त रकमसहित थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया