• १९ भदौ २०८३, शुक्रबार
  • ४ः४८ बेलुका

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

प्रकाशित मिति

२०८१ फाल्गुन ९ गते, शुक्रबार ०४:०९

फाल्गुण ९, २०८१ काठमाडौँ: फागुन २५ गतेबाट चैत १६ गतेसम्म चल्ने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट तीनवटा रंगशालामा हुने भएको छ ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका सार्वजनिक गर्दै तिनवटा मैदानमा खेल हुने जानकारी गराएको छ । प्रधानमन्त्री कपका खेलहरु सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा हुनेछ ।

Kamana Sewa

प्रतियोगिताको पहिलो दिन फागनु २५ गते तीनवटा खेल हुनेछ । पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र एपीएफ क्लब तथा लमही क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

Classic Tech Desktop

प्रतियोगिताको दोस्रो दिन २६ गते पनि तीन खेल हुनेछ । दोस्रो दिन सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

प्रतिकृया