• १६ भदौ २०८३, बुधबार
  • १२:४१ बेलुका

रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा

प्रकाशित मिति

२०८१ माघ १० गते, बिहीबार ०५:२९

माघ १०, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।

Kamana Sewa

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया