• ५ असोज २०८३, सोमबार
  • १ः५८ दिउँसो

आज ललितपुरका यी स्थानमा काटिँदैछ बिजुली

प्रकाशित मिति

२०८१ माघ ४ गते, शुक्रबार ०८:५३

माघ ४, २०८१ काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

National Life

प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० बजेदेखि दिउँसो ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मंगलबजार र छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ ।

प्रतिकृया