• १८ भदौ २०८३, बिहीबार
  • ३ः५३ दिउँसो

संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत भएकाे उपमहासचिव ज्ञवालीकाे भनाइ

प्रकाशित मिति

२०८१ पुष २३ गते, मंगलवार १२:५२

पुष २३, २०८१ काठमाडौँ: नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गरे । उनले संविधान निर्माणपछि केही महत्वपूर्ण उपलब्धिहरू हासिल भएको र मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको उल्लेख गरे ।

Kamana Sewa

मुलुकमा यावत समस्याहरू रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बीचमा ठूलो खाडल रहेको बताए। संविधानबाटै सबै कुराको समाधान खोज्न नहुने उनको भनाइ छ ।

Classic Tech Desktop

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थयित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसदको स्थिरता वा सरकार र सरकारले अवलम्वन गर्ने नीतिहरूको संगति ? भन्नेबारे स्पष्ट हुनुपर्ने बताए। संविधान आफैँमा गतिशील दस्ताबेज भएको बताए । संविधानलाई अधिकतम लचिलो बनउनुपर्ने बताए ।

प्रतिकृया