• १७ भदौ २०८३, बुधबार
  • ३ः४८ दिउँसो

प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर निकालियो

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार १२:५६

काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको छ । प्रधानमन्त्री ओली बुधबार बिहानै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानु भएको थियो ।

अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अरुण सायमीको टीमले क्याथेटर निकालेका हुन्। सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा क्याथेटर राखिएको थियो । प्रधानमन्त्रीको मुटुको चाल पनि जाँच गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले समान्य रहेको डाक्टरले बताएका छन् ।

Kamana Sewa

यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गराएर यही भदौ २० गते स्वदेश फर्किनु भएको थियो । मिर्गौला रोगबाट पीडित प्रधानमन्त्री ओलीको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। उहाँको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो ।

Classic Tech Desktop

प्रतिकृया