• ९ असोज २०८३, शुक्रबार
  • ६ः२५ बिहान

काठमाडौंमा रवि लामिछानेको बयान सुरू

प्रकाशित मिति

२०८१ मंसिर १४ गते, शुक्रबार १०:०६

मंसिर १४, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान लिन सुरु गरिएको छ। सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले पूर्वगृहमन्त्रीसमेत रविसँग बयान लिइरहेको हो।

National Life

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका रविलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्न पोखराबाट बिहीबार बेलुका यहाँ ल्याइएको थियो ।

सोही प्रकरणमा यसअघि पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई पनि प्रहरीले काठमाडौँ ल्याएर बयान लिई कास्की (पोखरा) नै फर्काइसकेको छ। त्यसपछि बयान दिने पालो रविको आएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सहकारीको २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी छ। त्यसविरूद्ध जिबी राई, छबिलाल जोशी, रवि लामिछानेविरूद्ध सहकारीका ६४५ बचतकर्ताले जाहेरी दिएका थिए।

प्रतिकृया