• ५ असोज २०८३, सोमबार
  • १ः०६ राती

भक्तपुर जिल्ला व्यापी यु(१६ फुटसल गोल कप को उद्घाटन

प्रकाशित मिति

२०७६ भाद्र २४ गते, मंगलवार ०८:०७

भक्तपुर, ध्भ ऋबल (हामी सक्छौं ) भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालको आयोजना, सुर्य्विनायक र चाँगुनारायण नगरपालिका सहयोगमा र विभिन्न गैरसरकारी संघ संस्थाहरु र व्यापारी केन्द्रहरुको सहकार्यमा दोस्रो भक्तपुर जिल्ला व्यापी यु(१६ अन्तरविद्यालय फुटसल गोल कप(२०१९ को उद्घाटन रेफ्रिलाई बल हस्तान्तरण गरि प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले गर्नु भएको थियो । शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि श्रेष्ठले यस किसिमको प्रतियोगिताले प्रदेशमा नयाँ र क्षमतावान खेलाडीहरु उत्पादन गर्न मद्दत पुग्ने र समाजमा रहेको असमानता र विभेद हटाउन पनि महिलाहरुको पनि फुटसल गर्नु पर्ने जसले गर्दा समाजमा समानता कायममा मद्दत पुग्ने र हामी सक्छौं भन्ने अभियानको सार्थकता रहने विश्वास व्यक्त गर्नु भएको थियो ।

National Life

कार्यक्रममा संस्थाका संस्थापक दिपेश बिसुङ्केले फुटसल प्रतियोगिता कार्यक्रममा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहने छ भने प्रतियोगिता बाट सङ्कलन रकम बाट बालबालिका र युवाहरुको क्षेत्रमा भई गरेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न हामी सक्छौं भन्ने अभियान सञ्चालन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनु भएको थियो भने कार्यक्रममा अतिथिको रुपमा खेलप्रेमी रामगोपाल चौगुठी, क्रेटिभ ईन्जिनेरिङ्ग ऋयलकगतिबलअथ का व्यवस्थापन प्रबन्धक सुरेश अच्छामी, ध्बखभ न्चयगउ का अध्यक्ष नरेश रन्जित, गोर्खा ईको प्यानलका प्रतिनिधि र सहभागी विद्यालयका प्रमुख एंवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन संस्थाका सचिव श्रीकृष्ण थापाले गर्नु भएको थियो भने सभाध्यक्ष संस्थाका अध्यक्ष राजेश घिमिरेले गर्नु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया