• ६ असोज २०८३, मंगलबार
  • १०ः५४ बिहान

दुइटा टाउको भएको दुर्लभ सर्प फेला

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०५:०५

एजेन्सी, दुइटा टाउको भएको एउटा दुर्लभ सर्प अमेरिकाको न्यूजर्सी राज्यको जङ्गलमा फेला परेको छ। टिम्बर र्‍याटलस्नेक जातको सो बच्चा सर्पलाई ‘डलब डेभ’ नाम दिइएको छ। सो जातको सर्प विषालु हुन्छ।

National Life

एउटा पर्यावरणीय समूहले उक्त दुईटाउके सर्पलाई गत महिना फेला पारेको थियो । यो सर्पको दुईवटा पूर्ण विकसित शिर छन्। तिनमा दुईदुईवटा गरेर चारवटा आँखा र एकएकवटा जिब्रो छन्। ती अङ्ग क्रियाशील छन्। तर शरीर भने टाउकोमुनि एउटै छ।

प्रतिकृया