• १८ भदौ २०८३, बिहीबार
  • ७ः३५ बेलुका

हरेक दिन डेंगुको बिरामी बढ्दै, ११ सय ४० जनामा संक्रमण

प्रकाशित मिति

२०७६ भाद्र २३ गते, सोमबार ०९:२७

चितवन । चितवनमा डेंगुको समस्या बढ्दै गएको छ । हरेक दिन बिरामी बढ्दै गएका छन् । ३ हजार १ सय १८ जना बिरामीको परीक्षण गर्दा १ हजार १४० जनामा डेगुको संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा मात्र ९ सयभन्दा बढीलाई डेंगुको संक्रमण भएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा डेंगुको प्रभाव धेरै देखिएको छ । अस्पतालका सबै शैया बिरामीले भरिएका छन् । ज्वरोका कारण चितवनका निजी अस्पतालमा मात्रै दैनिक ६ सय बिरामी पुग्ने गरेका छन्, जसमध्ये २० प्रतिशतमा डेंगु देखिने गरेको छ । बिरामी आफै त्रसित भई अनिवार्य परीक्षण गर्न लगाउने र चिकित्सकले पनि डेंगुको परीक्षणका लागि लेखिदिने गरेका कारण परीक्षण व्यवस्थित हुन नसक्दा समस्या देखिएको छ । नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमै एक व्यक्तिमा डेंगुको संक्रमण पाइएको थियो ।

यसैबीच, विरामी भएर अस्पताल पुगेका बिरामीको आफ्नै रोजाई र अस्पतालमा चिकित्सकले पनि सिधै डेंगु परीक्षणका लागि लेखिदिने गरेका कारण समस्या देखिँदै गएको छ । बिरामी आत्तिएर छिटो परीक्षण गर्न लगाउने र चिकित्सकले पनि सिधै लेखिदिने गरेका कारण परीक्षणमा समस्या देखिँदै गएको हो ।

Kamana Sewa

यस्तै समस्या देखिएपछि सरकारले यसअघि नै डेंगु परीक्षण जथाभावी नगर्न÷नगराउन सचेत गराइसकेको थियो । संयमित भएर उपचार गर्न भन्दै सरकारले सार्वजनिक अपिल नै गरेको थियो । जेठको अन्तिम साता सरुवा रोग महाशाखाले विज्ञप्ति प्रकाशन गरी तीन विशेष अवस्थामा मात्र डेंगु परीक्षणका लागि सचेत गराएको थियो ।

Classic Tech Desktop

कम्तीमा तीन दिनदेखि उच्च ज्वरो आएमा, बिरामीको रगमा सेतो रगत ४ हजार सेलभन्दा कम भएमा र प्लेटलेट लाखभन्दा कम भएमा डेंगु परीक्षण ठीक हुने विज्ञप्तिमा उल्लेख गरिएको थियो । तर, डेंगुबाट प्रभावित जिल्ला चितवनमा ज्वरो आएर अस्पताल पुगेको दिन नै चिकित्सकले डेंगु परीक्षणका लागि लेख्ने गरेका छन् । बिरामी डेगुको त्रासमा रहेका कारणले पनि परीक्षण गराउन हतारिने गरेका पाइएको छ ।

चितवनका अस्पतालले डेंगु रोग परीक्षणमा अस्पतालपिच्छे फरक शुल्क लिएपछि प्रशासनले निगरानी बढाएको छ । कम्तीमा हजारदेखि बढीमा २ हजार ६ सयसम्म डेंगु जाँचको रकम लिएको पत्ता लागेपछि चितवन प्रशासनले लागतमा १० प्रतिशत मात्रै बढाएर शुल्क लिनुपर्ने भन्दै निजी अस्पताललाई सचेत गराइसकेको छ । भाइरल ज्वरो र डेंगुको उच्च संक्रमणको समयमा जिल्लाका निजी अस्पतालको डेंगु परीक्षण शुल्कमा एकरूपता ल्याइएको बताएका छन् । जुनसुकै निजी अस्पतालले पनि अब डेंगुको जाँच (एनएस, आईजीजी र आईजीएम) गर्दा १ हजार ५ सय रुपैयाँभन्दा बढी नलिने सहमति भएको छ । जाँचको प्रकार र विधि एउटै तर शुल्क भने घटीबढी भएको गुनासो बढेपछि प्रशासनले सचेत गराएको हो । बिरामीको चाहनाले समान्य अवस्थामा पनि डेंगुको परीक्षण गराउने क्रम बढ्दै गएको छ ।

प्रतिकृया