• २० भदौ २०८३, शनिबार
  • ९ः०४ राती

रास्वपामा पेस गरेकै सुझाव बोकेर मुकुल बालुवाटारतिर

प्रकाशित मिति

२०८१ श्रावण २८ गते, सोमबार ०१:४५

साउन २८, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे लिखित सुझाव बुझाएका छन् ।

National Life

सुझावमा उनले यसअघि रास्वपा महामन्त्रीकै रूपमा ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदनसम्बद्ध विषयहरू समेटेका छन् । जस्तै: प्रदेश संरचना खारेज गर्ने, उपराष्ट्रपति जस्ता सेरेमोनियल पदहरू खारेज गर्ने, जिल्ला समन्वय समिति खारेज गर्ने आदिइत्यादि ।

मुकुलले यसअघि रास्वपा महामन्त्री हुँदै यी विषयहरू समेटिएको एक प्रतिवेदन तयार पारेर पार्टीमा बुझाएका थिए । एक महिना लगाइ ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन बुझाएपछि उनलाई पार्टीले कारबाही गर्‍यो । प्रतिवेदनमा समेटिएका अति संवेदनशील विषयहरू पार्टीभन्दा पहिल्यै मिडियामा लगेको भन्दै उनलाई काबाही गरिएको प्रष्टोक्ति रास्वपाले दियो ।

Classic Tech Desktop

यद्यपि उनले दिएको प्रतिवेदन भने पार्टीले सम्पत्तिका रूपमा ग्रहण गरेर राखेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी बताउँछन् । “उहाँलाई कारबाही गरिनुको कारण प्रतिवेदन थिएन, पार्टी समितिहरूमा ल्याएर छलफल चलाउनुपर्ने विषय पहिल्यै मिडियामा दिइयो र त्यो पार्टी अनुशासनविरुद्ध भएकाले कारबही गरिएको हो । तर, उहाँले जुन प्रतिवेदन ल्याउनुभयो त्यो दर्ता गरेर पार्टीले सम्पत्तिका रूपमा ग्रहण गरेको छ,” कावा महामन्त्री बुर्लाकोटीले भने ।

प्रतिवेदनमा अटाएका विषयहरूबारे पार्टीमा छलफल भइरहेको र पार्टी सुध्रिनुपर्ने ठाउँमा सुध्रिने दाबी कावा महामन्त्री बुर्लाकोटीको छ ।

मुकुलले भने त्यही प्रतिवेदनका खासगरी राज्यसत्तासँग जोडिएका समस्याहरू लिएर प्रधानमन्त्री ओलीसमक्ष पुगेका छन् ।

१५ बुँदामा अटाएका मुकुलका सुझावहरूमा विशेषत: इन्तु, किन्तु र परन्तु केही नभनेर प्रदेश संरचना खारेज गर्नुपर्ने, जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने, उपराष्ट्रपति जस्ता सेरेमोनियल पदहरू खारेज गर्नुपर्ने, थ्रेसहोल्ड बढाउन नहुनेलगायत छन् ।

आफ्नो सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सकारात्मक प्रतिक्रिया दिएको भनाइ मुकुलको छ । उनले आफूले संविधान संशोधनलगायतका विषयमा समेत सुझाव पेस गरेको बताएका छन् ।

यी सुझावहरू मुकुलले यसअघि नै पार्टीलाई बुझाइसकेका हुन् । तर, त्यहाँ आफ्नो अनुपस्थितिमा यी सुझावबारे छलफल नहुने र कार्यान्वयनमा नजाने शङ्का मुकुलको छ । यसअघि आफूले बुझाएको प्रतिवेदन नै जस्ताको त्यस्तै सार्वजनिक नहुने शङ्कामा पिरोलिएका मुकुलले पार्टीलाई ‘रवि क्लब’ भन्ने गर्छन् ।

आफू अहिले पनि रास्वपामा रहेको जिकिर गर्दै आएका मुकुलले रास्वपा बनाउने हिम्मत नहार्ने बताउने गर्छन् । त्यो उनको कुरा भयो । तर, खासगरी राजकीय सन्दर्भमा उनले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनु नराम्रो भने होइन ।

तर, प्रधानमन्त्री ओलीले त्यसलाई कसरी ग्रहण गर्छन्, त्यो प्रमुख कुरा हो । यति कुरा; प्रधानमन्त्री ओली प्रदेश संरचना रहनैपर्छ वा त्यसलाई स्वायत्त छाड्नुपर्छ भन्नेमा अडिग भने नरहन सक्छन् । उनी प्रदेश संरचनालाई ‘केन्द्रकै इकाइ’का रूपमा मात्रै लिन्छन् । यसबारे उनले प्रधानमन्त्री हुँदैखेरि बोलेका थिए ।

प्रतिकृया