• २० भदौ २०८३, शनिबार
  • ११ः३५ राती

दारी ग्याङ फुटसल प्रतियोगिताको टिम दर्ता फारम खुल्यो

प्रकाशित मिति

२०८१ श्रावण १८ गते, शुक्रबार १०:४६

साउन १८, २०८१ काठमाडौँ: सामाजिक सञ्जालमा चर्चित शिक्षित युवाहरु समूह दारी ग्याङले आफ्नो पहिलो फुटसल टुर्नामेन्टको लागि टिम दर्ता फारम खुलाएको छ । यहि मिति २०८१ भाद्र १४ र १५ गते हुन गईरहेको फुटसल टुर्नामेन्ट देश भरीका ३२ टिमले लिग चरण र त्यसपछी नकआउट चरणमा प्रतिस्पर्धा गर्ने छन ।

National Life

पहिलो संकरणको दारी ग्याङ फुटसल टुर्नामेन्ट काठमाडौले आयोजना गर्न लाग्दै छ भने यो प्रतियोगीताको बिजेताले रु. ५०,००० को साथ ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन। त्यस्तै उपबिजेताले रु ३०,००० को साथ मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दारी ग्याङ सक्रिय सदस्य तथा दारी ग्याङ फुटसल ब्यबस्थापन समिती सदस्य निरोज कुमार भट्टराईले जानकारी गराउनु भयो ।

“परोपकारको लागि खेलकुद” शिर्षक दिइएको यो प्रतियोगिता सम्पन्न पश्चात बाकि रहेको सम्पुर्ण रकम सामाजिक कार्यमा खर्च हुने जानकारी दारी ग्याङ केन्द्रिय सदस्य तथा दारी ग्याङ फुटसल टुर्नामेन्ट ब्यबस्थापन समिती सदस्य महेश्वर घिमिरेले गराउनु भएको छ ।

Classic Tech Desktop

दारी ग्याङ नेपाली सामाजिक सञ्जालमा निकै सक्रिय सदस्य रहेको युवाहरुको समूह हो भने बिगतमा यो समुहले धेरै सामाजिक कार्य गर्दै आएको र भर्खरै दारी ग्याङ यु.के. को आर्थिक तथा सुहास डेन्टल केयरको प्राबिधिक सहयोगमा नुवाकोट लिखु गाँउपालिका-६ को एक बिद्यालयमा नि:शुल्क दन्त शिविर आयोजना गरेको थियो । यसका अलावा दारी ग्याङले निरन्तर रक्तदान कार्यक्रम देखि अन्य क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको यस समुहका केन्द्रिय सदस्य प्रवीण ज्ञवाली ले जानकारी गराउनु भयो ।

दारी ग्याङ फुटसलको दर्ता फारम प्रदेश तथा जिल्ला संयोजक मार्फत उपलब्ध हुने छ ।

प्रतिकृया