काठमाडौं हैजाको जोखिममा
प्रकाशित मिति
२०८१ श्रावण ९ गते, बुधबार १०:३०
डा. केदार कार्की
साउन ९, २०८१ काठमाडौँ: मनसुन सुरु भएपछि वर्षेनी झाडापखाला, आऊँ, हैजा, टाइफाइड, स्क्रबटाइफस, पेट सम्बन्धी र अन्य सरुवा रोगको समस्या देखिने गरेको छ। अधिकांश व्यक्तिहरु झाडापखाला लाग्दा फार्मेसीबाट औषधि किनेर खाने गरेको र निको नभएपछि मात्र अस्पताल आउने गरेको छन । काठमाडौंमा थुप्रिएको फोहोर समयमै नउठ्दा पनि झाडापखाला, हैजा लगायत सरुवा रोगको जोखिम बढाउने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन्। । यसअघि समयमै अव्यवस्थित फोहोरका कारण हैजा लगायत सरुवा रोग फैलाउने चेतावनी समेत उनीहरुले दिँदै आएका थिए। काठमाडौंमा दुईजनामा हैजा पुष्टि भएको छ। बागबजारस्थित दुई दिदी बहिनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरु उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा बिहीबार भर्ना भएका थिए। अस्पताल भर्ना हुने क्रममा हैजा आशंका गरिएपनि आइतबार मात्र पुष्टि भएको हो। र्यापिड टेस्टमा पोजेटिभ आएपनि उनीहरु दुवै जनाको दिसाको कल्चर गरिएको थियो। दिसाको कल्चर गरेपछि आउने नतिजालाई आधिकारिक र स्तरीय मानिने छन्। हाल उनीहरुको अवस्था सामान्य रहेको र आइसीयूबाट वार्डमा सार्ने तयारी भएको अस्पताल स्रोतले जानकारी दिएको छ।काठमाडौंमा झाडापखाला र हैजाका बिरामी देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयारी अघि बढाएको छ।

हैजा पुष्टि भएपछि महाशाखा, काठमाडौं महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक समेत बसेको थियो। सोमबारदेखि नै हैजा सम्बन्धी जनचेतना बढाउने, पानीको गुणस्तरको सर्भिलेन्स गर्ने, अस्पतालहरुमा झाडापखाला तथा हैजाको सर्भिलेन्स अघि बढाएको छ।

हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ।नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक सङ्क्रामक रोग भनेर लेखिएको छ। यसका लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन्।केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो। बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ। हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ।यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ। शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ। हैजाको कीटाणु शरीरमा प्रवेस गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन्।
हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ।राम्रोसँग नपाकेको समुद्री खाना ९सी फुड० यो ब्याक्टेरियाको मुख्य स्रोत हो। हैजाले मानिसहरूलाई मात्र असर र्पुयाउँछ। सरसफाईको अभाव, सफा पिउने पानीको अभाव तथा गरीबीले यसको जोखिमलाई बढाउने गर्दछन्। त्यस्तै समुद्री सतह बढ्यो भने पनि हैजाको सङ्क्रमण दर बढ्छ भन्ने विश्वास गरिन्छ। दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ। दिसामा एक विशेष किसिमको छडी डुबाएर परीक्षण गरिर्ने यापिड डिपस्टिक टेस्ट पनि उपलब्ध छ तर यसले भरपर्दो नतिजा दिँदैन।हैजाबाट बच्न सरसफाई तथा सफा पिउने पानीको व्यवस्था गर्नु आवस्यक छ।बच्चा छ महिनाको भएपछि हैजाविरुद्धको खोप मुखबाट खुवाइन्छ। यस्तो खोपले ई। कोलाई नामको ब्याक्टेरियमका कारणले हुने झाडापखालाबाट समेत बचाउँछ। हैजाको प्राथमिक उपचारको लागि पानी वा तरल पदार्थ खुवाएर ओरल रिहाइड्रेसन थेरापी गरिन्छ। यस्तो उपचारमा हल्का गुलिया तथा नुनिला घोलहरू ९जस्तैस् नुनचीनि पानी, जीवन जल० खुवाएर दिसामा खेर जाने तरल पदार्थको सट्टाभर्ना गरिन्छ। यस्तो बेलामा चामलबाट बनेका झोल खानेकुराहरू राम्रा मानिन्छन्। जटिल अवस्थाहरूमा रिन्जर्स ल्याक्टेट जस्ता नसाबाट दिइने तरल पदार्थहरू प्रभावकारी हुन्छन् भने एन्टिबायोटिक औषधिको प्रयोग पनि लाभदायक हुन सक्छ। बालबालिकाहरूलाई जिङ्क चक्की खुवाउँदा लाभदायक हुन्छ। बिरामीको शरीरमा भएका ब्याक्टेरियालाई कुन एन्टिबायोटिकले मार्न सक्छ भन्ने जाँचेर कुन औषधि दिने भन्ने निर्णय गर्नु प्रभावकारी हुन्छ।
सन २०१० को एक तथ्याङ्क अनुसार प्रत्येक वर्ष विश्वभर ३०(५० लाख मानिसहरू हैजाबाट प्रभावित हुन्छन भने यसका कारण ५८ हजारदेखि १ लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ।हाल यसलाई विश्वभर फैलिएको रोगको रूपमा वर्गीकरण गरिएको भएपनि विकसित देशहरूमा हैजाका बिरामीहरू बिरलै भेटिन्छन्।यो रोगबाट प्रायजसो बालबालिकाहरू प्रभावित हुने गर्दछन्। हैजा महामारीको रूपमा अचानक देखिने तथा कुनै निश्चित स्थानमा लामो अवधिसम्म रहिरहने खालको पनि हुन्छ। हाल अफ्रिका तथा दक्षिणपूर्वी एसियाका केही क्षेत्रहरू हैजाको जोखिममा छन्। प्राय यस रोगबाट प्रभावित मध्ये ५५ भन्दा कम मानिसको मृत्यु हुने भएपनि उपचारको पहुँच नभएका मानिसहरूको समुदायमा यस्तो मृत्युदर ५०५ सम्म पुगेको पाइन्छ।हैजाको इतिहास हेर्दा इसापूर्वको पाँचौ सताब्दीमै संस्कृतमा यसको बर्णन गरिएको पाइन्छ।सन् १८४९ देखि १८५४ का बीचमा जोन स्नोले गरेको हैजासम्बन्धि अध्ययनले रोगको सङ्क्रमण, वितरण तथा रोगबाट बच्ने उपायहरूका बारेमा गरिने अध्ययनको९इपिडेमियोलोजी० क्षेत्रमा नयाँ आयाम थप्यो।
हैजा मुख्यतया सरसफाइको अभावका कारण हैजा लागेको मानिसको दिसा मिसिएर प्रदुषित भएको खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ। साधारणतया एक वयस्क मानिसलाई हैजा लाग्न करीब १० करोड ब्याक्टेरीया खाना, पानी वा अन्य माध्यमबाट शरीरमा प्रवेश गर्नु आवस्यक छ।यद्यपी आमासयको अम्लीयपन घटाइएका मानिसहरूमा ९जस्तै प्रोटोन पम्प इनहिबिटर प्रयोग गरिरहेका मानिसहरू० भने यो मात्रा कम भए पनि रोग लाग्न सक्छ। बालबालिकाहरूमा पनि यो रोग सजिलै लाग्न सक्छ। विशेष गरी दुईदेखि चार वर्षका बालबालिकाहरूमा अत्याधिक सङ्क्रमण भएको पाइन्छ। मानिसको व्यक्तिगत हैजा रोग लाग्ने क्षमता उसको रगतको समूहबाट पनि प्रभावित हुन्छ। रगत समूह ओ भएका मानिसहरूलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ।एड्स लागेका मानिसहरू वा कुपोषणको सिकार भएका बालबालिकाहरूमा यो रोगको सङ्क्रमण भयो भने यसले कडा रूप लिन सक्छ।
हैजाको कीटाणु मानिसबाहेक अन्य दुई जीवस् सेलफिस ९शङ्खेकीरा० तथा प्लाङ्क्टनमा पाइएको छ। हैजा साधारणतया कीटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ। विकसित मुलुकहरूमा हैजा प्रदुषित खानाका कारणले लाग्ने गर्दछ भने विकासोन्मुख देशहरूमा प्राय जसो पानीका कारणले यो रोग सर्ने गरेको पाइन्छ। खानेकुराबाट हैजा सर्नुमा ढलको पानी मिसिएको ठाउँबाट निकालिएका शंखेकीराहरूको मुख्य भुमिका रहन्छ। हैजाका कीटाणुहरू जुप्लाङ्क्टनमा थुप्रिने गर्दछन जुन शंखेकीराहरूको मुख्य आहार हो। यस्ता कीराहरू काँचै खाइने हुनाले संक्रमणको सम्भावना अत्याधिक रहन्छ।
हैजा लागेका मानिसहरूलाई प्राय पखाला लाग्ने गर्दछ। पानी जतिकै पातलो झोल दिसा यदि अरूले प्रयोग गर्ने पानीमा मिसियो भने यो रोग सर्ने सम्भावना हुन्छ। साधारणतया यो रोगको स्रोत हैजा लागेका बिरामी नै हुने गर्दछन्। यदि रोगीको दिसा सिधै जमिनमुनिको पानी वा खानेपानीको स्रोतमा मिसियो भने हैजा फैलिन सक्छ। प्रदुषित पानी, यस्तो पानीमा पखालिएको खानेकुरा वा प्रदुषित पानीबाट निकालिएको शंखेकीराहरू खानाले मानिसलाई हैजाको सङ्क्रमण हुन सक्छ। यो रोग मानिसबाट मानिसमा सिधा सरेको बिरलै पाइन्छ।
हैजाका मुख्य लक्षणहरू ठूलो मात्रामा पानी जस्तै पातलो पखाला लाग्नु तथा वान्ता हुनु हुन्। प्रायजसो यी लक्षणहरू शरीरमा ब्याक्टेरिया छिरेको आधा दिनदेखि पाँच दिनभित्र अचानक देखा पर्छन्।हैजाका कारणले हुने पखाला चौलानी जस्तै सेतो हुने हुनाले यसलाई अङ्ग्रेजीमा ुराइस वाटरु भनिन्छ। यस्तो पखालाको माछाको गन्ध जस्तै हुन्छ। उपचार नगरिएको बिरामीले दिनभरमा १० देखि २० लिटरसम्म पखाला गर्न सक्छ।यदि गम्भीर खालको हैजाको उपचार गरिएन भने यसले मानिसको मृत्यु नै हुने गरी जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ। उपचार नगरिएको कडा खालको हैजाले सङ्क्रमित मध्ये करीब आधा जति मानिसलाई मृत्युको मुखमा र्पुयाउँछ। हैजा लागेका सय मानिसहरू मध्ये लगभग तीन जनालाई लक्षण नदेखाउने खालको सङ्क्रमण हुने सम्भावना हुन्छ। यो रोग लागेको बेलामा तरल पदार्थको अत्याधिक अभावका कारण बिरामीको शरीर नीलो हुँदै जाने भएकोले यसलाई ुनीलो कालु ९अङ्ग्रेजीमा ब्लू डेथ० पनि भन्ने गरिन्छ।
प्रायजसो हैजाको कारणले ज्वरो आउँदैन। यदि ज्वरो आइहाल्यो भने थप सङ्क्रमण भएको हुन सक्छ। बिरामीहरू अत्यन्तै कमजोर हुन्छन्। त्यस्तै आँखा गढ्ने, मुख सुक्ने, छाला चिसो र ओसिलो हुने, छालाको लचकतामा कमी आउने वा हातगोडा चाउरी पर्ने जस्ता लक्षणहरू पनि देखिन्छन्। दिसामा बाइकार्बोनेट बाहिरिने हुनाले एसिडोसिस भएर लामोलामो सास फेर्ने तथा सास फेर्न गाह्रो हुने समस्या पनि देखा पर्न सक्छ। तरल पदार्थको अभावका कारण आन्तरिक बहाव प्रभावित भइ ल्याक्टिक एसिडोसिस हुन सक्छ। जलवियोजनका कारण रक्तचाप घट्छ, नाडी छिटोछिटो चल्छ तर महशुस गर्न गाह्रो हुन्छ र समयसँगै पिसाबको मात्रा घट्दै जान्छ। शरीरमा इलेक्ट्रोलाइटको अभाव तथा आयोन सिफ्टका कारण विशेष गरी बालबालिकाहरूमा मांसपेसी बाउँडिने तथा कमजोरी हुने, बेहोस हुने, सिजर वा कोमामा जाने जस्ता लक्षणहरू देखिन्छ।
मानिसको दिसामा भिब्रियो कलेराको उपस्थिति जाँच गर्र्न यापिड डिपस्टिक टेस्ट पनि उपलब्ध छ। यदि दिसामा ब्याक्टेरिया पाइयो भने ती ब्याक्टेरियामा एन्टिबायोटिक प्रतिरोध क्षमता भए(नभएको पत्ता लगाउन थप परीक्षणहरू गरिन्छ। महामारीको समयमा बिरामीको इतिहास तथा सामान्य स्वास्थ्य परीक्षणबाट नै रोग पहिचान गरिन्छ। साधारणतया प्रयोगशाला परीक्षण नगरी वा गरे पनि नतिजा नआउँदै उपचार सुरु गरिन्छ।
प्रयोगशाला परीक्षणका लागि दिसाको नमुना सङ्कलन गर्दा रोग कडा स्थितिमा पुगेको बेलामा एन्टिबायोटिक औषधि खुवाउनुभन्दा पहिला गरेमा उपयुक्त हुन्छ। हैजाको महामारी भएको संका लागेको अवस्थामा मुख्य कारक एजेन्ट भिब्रियो कलेरी ओ(वान हुने गर्दछ। यदि भिब्रियो कलेरी ओ(वान छुट्टिएन भने उक्त नमुनालाई भिब्रियो कलेरी ओ(वान(थ्री(नाइनका लागि परीक्षण गरिनु पर्छ। त्यस्तै यदि यी दुबै कीटाणुहरू छुट्टिएनन् भने दिसाको नमुनालाई रिफरेन्स प्रयोगशालामा पठाउनु पर्छ।
भिब्रियो कलेरी ओ(वान(थ्री(नाइनको सङ्क्रमणलाई पनि भिब्रियो कलेरी ओ(वानबाट हुने सङ्क्रमणलाई जस्तै सावधानी तथा उपचार गरिनु पर्छ। संयुक्त राज्य अमेरिकामा यससँग सम्बन्धित पखालालाई पनि हैजाको रूपमा लिने गरिन्छ र सङ्क्रणणको जानकारी दर्ता गराइन्छ।
विश्व स्वास्थ्य सङ्गठनले हैजा फैलन नदिन बचाउ तथा सुरक्षा, तयारी र प्रतिक्रियामा केन्द्रित हुन सिफारिस गरेको छ। सङ्गठनले हैजामाथि निगरानी राख्ने प्रणालीको व्यवस्था गर्न जोड दिएको छ।हैजाले मानिसलाई मृत्युको मुखमा पुर्याउन सक्ने भएपनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ। विकसित देशहरूमा साधारणतया सरसफाइ तथा विश्वव्यापी सुधारिएको पानी उपचार विधि अपनाइने हुनाले हाल हैजा मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको छैन।




प्रतिकृया