• १० असोज २०८३, शनिबार
  • ११ः१३ राती

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम ३ अरब ४० करोड

प्रकाशित मिति

२०८१ असार ५ गते, बुधबार ०४:०२

असार ५, २०८१ काठमाडौँ: सेयर बजार उतारचढावबीच सामान्य वृद्धितर्फ मात्रै देखिएको छ। कमजोर भइरहेको बजार केही थामिएर हरियोमै बन्द भए पनि बजारले उल्लेख्य वृद्धि भने लिन सकेन ।

National Life

बुधबार २.२७ अंकले बढेर बजार २०७८.७६ बिन्दुमा पुगेको छ। १३५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ। १०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।

गएको साता समग्रमा ३४.३६ अंकले बढेको बजार यो साता यसअघिका दुई कारोबारमा ओरालोतिर लागेको थियो। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यो साता आइतबार १७.०४ अंकले घटेको बजार सोमबार बन्द रहेको थियो। मंगलबार पुन: १८.७६ अंकले घटेको बजार बुधबार भने थामिएको हो ।

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन ।

विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भए पनि बजारले गति लिन सकेको छैन ।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो। लामो समयदेखि बजार उतारचढावबीच २००० देखि २१०० बिन्दुकै आसपासमा छ ।

प्रतिकृया