• २३ भदौ २०८३, मंगलबार
  • १०ः३८ बिहान

वातावरणीय सरसफाई मजाक र प्रतिशोधको विषय होईन : एमाले अध्यक्ष ओली

प्रकाशित मिति

२०८१ जेष्ठ २३ गते, बुधबार ११:५७

जेठ २३, २०८१ भक्तपुर : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणका लागि बिशेष योजना र नीति आवश्यक रहेको बताउनुभएको छ । बिश्व वातावरण दिवसको अवसरमा राष्ट्रका लागि दुई घण्टा अभियानले आज कौशलटारमा आयोजना गरेको बृहत अरनिको राजमार्ग सफाई अभियान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वातावरणीय सफाईका लागि कर्मकाण्डी ढंगले गोष्ठी,सेमिनार र बृक्षारोपण कार्यक्रम मात्र गरेर नहुने बताउनुभयो ।

National Life

सरसफाई मजाक र प्रतिशोधको बिषयको होईन भन्दै उहाँले यसमा कोही पनि गैरजिम्मेवार ढंगले प्रस्तुत हुन नहुने बताउनुभयो । मानवीय भुल र असावधानीले निम्त्याएको वातावरणीय प्रदुषणले खतरनाक भबिष्यको संकेत गरिरहेको बताउँदै उहाँले वातावरणीय सफाइका लागि सामुहिक प्रयासको खाँचो रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा,मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, माओवादी केन्द्रका नेता दिलीप प्रजापति, राष्ट्रका लागि दुई घण्टा अभियानका अभियन्ता नरेश रन्जित लगायतले अभियानले प्रकृति र वातावरण संरक्षणमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया