• २५ भदौ २०८३, बिहीबार
  • ५ः०१ बेलुका

अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवादको कार्यसूची तय

प्रकाशित मिति

२०७६ भाद्र १४ गते, शनिबार ११:०६

काठमाडौँ, नेपालले आगामी अप्रिलमा गर्ने अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवादका लागि कार्यसूची तय गरेको छ ।

National Life

संवादका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयोजक रहनुभएको निर्देशक समिति र आयोजक समितिको शुक्रबार बसेको संयुक्त बैठकले कार्यसूची तय गरको हो । कार्यसूचीअन्तर्गत बैठकले संवादको पहिलो संस्करणको मिति तय गरेको संवादका लागि गठन भएको सचिवालय संयोजक कुमारराज खरेलले जानकारी दिए ।

जसअनुसार आउँदो अप्रिल ३ र ४ गते अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि मार्चको अन्तिम साता संवाद गर्ने भनिएको थियो । मन्त्री ज्ञवालीले संवादको नेतृत्व परराष्ट्र मन्त्रालयले गरे पनि यो सबै मन्त्रालयको आफ्नो कार्यक्रम भएकाले सहकार्यका लागि बैठकमार्फत आह्वान गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

“मुख्य विषय र सहायक शीर्षकमा छलफल भयोे तर ‘थिम’का बारेमा अझै स्पष्ट हुन बाँकी छ”, उनले भने, “संवादको अवधारणालाई थप प्रष्ट बनाउने आधार भने तय गरियो ।” समूहले संवादमा छलफल हुने विषयवस्तुमा परामर्श दिने, कार्यपत्र तयार पार्ने र विभिन्न सत्रमा प्रस्तुत हुने कार्यपत्रको कार्यसूची तयार गर्नेछ, खरेलले थप्नुभयो, काम सहज बनाउन कार्यदलले अन्य उपसमिति गठन गर्न पाउने अधिकार समेत दिइएको छ ।

तयारीका रूपमा आउँदो असोज १ गते राष्ट्रिय परामर्श सम्मेलन गर्ने निर्णय बैठकले गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा संवादको मुख्य विषयवस्तुका विषय विज्ञलाई आमन्त्रण गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा उठाउनुपर्ने मुद्दा के के हुन् भन्ने परामर्श राष्ट्रिय सम्मेलनले गर्नेछ । गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया