महानरीय प्रहरी वृत्त मध्यपुर ठिमीलाई शुद्ध खानेपानीको सामाग्री हस्तान्तरण
प्रकाशित मिति
२०७६ भाद्र १३ गते, शुक्रबार ०५:५२
भक्तपुर, महानरीय प्रहरी वृत्त मध्यपुर ठिमीलाई समुदाय प्रहरी साझेदारी अन्र्तगत मानवीय आस्था नेपाल सुर्य विनायक भक्तपुरकोे सहयोगमा रु ६४०००/- (चौसठी हजार ) मुल्य बराबरको वाटर प्लाण्ट तथा ट्यांकी हस्तान्तरण गरिएको छ । प्रहरी कर्मचारी र कार्यलयमा आउने सेवाग्राहीको लागि शुद्ध खानेपानीको व्यवस्था गर्ने लक्ष्यले आज शुक्रबार उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य तथा भक्तपुर क्षेत्रनम्बर २ का सभासद महेश बस्नेतद्धारा वाटर प्लाण्ट तथा ट्यांकी प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोईरालालाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा सांसद बस्नेतले प्रहरी वृत्तमा साढे दुई सय प्रहरी कर्मचारी र सेवाग्रहीलाई स्वाच्छ पानीको निमित्ता मानवीय आस्था नेपालले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । प्रहरी र समुदायको कार्य र सम्बन्ध अझै प्रभावकारी वनाउन पर्नेमा जोड दिदै भन्नुभयो ‘ शान्तिसुक्षा कायम गर्ने सन्दर्भमा भक्तपुरमा समुदाय र प्रहरीबीच साझेदारी एकदमै राम्रा् रहेको छ ,यस्ले बहुत प्रभावकारी ढांगले काम गरिरहेको छ । यसमा पनि भक्तपुर सुरक्षा निकायमा चुनौतीहरु केके छन् राम्रो संग बुझेर डिएसपी शान्तिराज कोईरालाले निकै व्यावस्थित बनाउनु भएको छ । ’ भन्दै बस्नेतले भन्नुभयो ‘ हिजो हानुमान्ते सरसफाइ अभियान लगायत विभिन्न अभियानमा जनतासंग साझेदारी गरेकौ हौँ, यसका साथै भक्तपुरमा लागुऔषध दुरव्यसनी भक्तपुर क्षेत्रमा हुने विभिन्न चोरी नियन्त्रण गर्न शान्तिसुरक्षा कायम गर्नु पर्ने, सडक दुर्घटना र घरयासी हिंसा महत्तवपुर्ण विषय रहेको छ ।’
प्रहरी र समुदाय विचको सम्वन्ध एकदमै राम्रो रहेको बताउदै यस सम्बन्धलाई भडकाउनका लागि विभिन्न व्यक्तिले अभियान ल्याएको बताउनु भयो र त्यस्तो अभियानमा युवाहरु सहभागी नहुन भन्र्दै प्रहरीलाई र समुदायलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।








प्रतिकृया