गृहमन्त्री लामिछाने विरुद्ध नेपाल विद्यार्थी संघको सिंहदरबार अगाडि प्रदर्शन
प्रकाशित मिति
२०८० चैत्र ६ गते, मंगलवार ०३:४०
चैत्र ६, २०८० काठमाडौँ: उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पीडितलाई न्याय खै, नैतिकता खोइ, अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टाँसेका थिए । पोष्टर टाँसेपछि प्रहरीले हस्तक्षेप गरी केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने विरुद्ध कांग्रेसले सदनमा र भातृसंगठनले सडकमा सशक्त विरोध गर्दै आएको छ ।

Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया