• १८ भदौ २०८३, बिहीबार
  • २ः३४ दिउँसो

मुटु उपचारमा पनि गति लिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

प्रकाशित मिति

२०८० चैत्र ६ गते, मंगलवार ०२:११

चैत्र ६, २०८० काठमाडौँ: केन्द्र स्थापना भएको १२ वर्ष अवधिमा १२१६ जनाको मृर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्र अब मुटु उपचारमा पनि अब्बल बन्दै गएको छ । विगत ४ वर्ष देखि मुटुरोग सम्बन्धि विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा छ । प्रत्येक महिना ७०० जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि विशेषज्ञ सेवा, ३५० जना भन्दा बढीले इ सि जि सेवा तथा २५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेका छन भने आइतवार, मंगलवार र विहिवार क्याथल्याब सम्बन्धि एन्जीओग्राफी, एन्जीओप्लास्टी, पेशमेकर लगायतका सेवा उपलब्ध हुने गरेको र इर्मेजेन्सी एन्जीयोप्लास्टी सेवा भने कार्यालय समय भित्र हुने गरेको कुरा केन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रवेश न्यौपानेले बताउनु भयो ।

क्याथ ल्याबको सहायताले मुटुको नसा बन्दा भए नभएको थाहा पाउने “एन्जीयोग्राफी” का साथै हृदयघात भएका वा मुटुको नशा साँघुरो भएका विरामीको नशा खुलाउन “एन्जीयोप्लास्टी” गरिन्छ ।
हाल सम्म ५०३ जनाको क्याथ ल्याब पद्दतीबाट उपचार भएको छ भने १३०३२ जनको इको र १६९९९ जनाको इ. सी. जि, भै सकेको छ । प्रत्येक सोमबार, बुधवार र शुक्रवार मुटु रोग सम्बन्धि बहिरंग सेवा हुने गरेको छ भने अन्य दिनमा मुटुरोग सम्बन्धी पद्दतीहरुको सेवा दिने गरेका कुरा मुटुरोग विशेषज्ञ डा. किसन कुमार कुशवाहले बताउनु भयो । यही फागुन महिनमा मात्रै ६३९ जनाको ओ पि डि सेवा, ३४६ वटा इ सि जी र २८७ इको भएको कुरा डा कुशुवाहा बताउनु हुन्छ ।

Kamana Sewa

यसै गरी मुटु रोग लागेका विपन्न नागरिकको लागि राज्यले उपलब्ध गराउने एक लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनुका साथै जेष्ठ नागरिकको मुटुको एन्जीयोप्लास्टी उपचार शुल्क निःशुल्क हुने गरेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको उपयुक्त जमिन र आफ्नै भवनको खाँचो छ । स्थान अभावको बाबजुत पनि केन्द्रमाम सञ्चालित मुटुरोग सेवाले भक्तपुर र आसपासका जिल्लाका मुटुका विरामीहरुलाई प्रसस्त सेवा दिइ रहेको छ अतः केन्दको क्षमता विस्तार गरी ५०० बेड बनाउन सके मुटु लगायतको सेवामा अझै वृद्धि गर्न सकिने भक्तपुर आसपासका जिल्लाका बासिन्दाहरु अझ बढी लाभान्वित हुने कुरा केन्द्रले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया