• ८ असोज २०८३, बिहीबार
  • ११ः१३ राती

आईसीसी अध्यक्ष नेपाल भ्रमणमा आउँदै

प्रकाशित मिति

२०८० चैत्र १ गते, बिहीबार ०८:१९

चैत १, २०८० काठमाडौँ: अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमण गर्ने तय भएको छ। नेपाल क्रिकेट संघ क्यानले बार्कले ले आगामी १८ देखी २१ मार्च (५ देखी ८ चैत) सम्म नेपाल भ्रमण गर्ने जनाएको छ।

National Life

बार्कले तीन दिने भ्रमणका क्रममा टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको भ्रमण गर्ने छन् भने उनले प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। बार्कलेको भ्रमणले नेपाली खेलकुद क्षेत्रमा थप अवसरको खोजिमा महत्वपूर्ण हुने विश्वास क्यानले लिएको छ।

बार्कलेले उच्च स्तरीय भेटघाटका क्रममा नेपालको क्रिकेट विकासमा आइसिसीले गर्न सक्ने सहयोगका बारेमा समेत छलफल गर्ने छन्। उनले नेपाल भ्रमण गर्न पाउँदा उत्साहि रहेको र नेपालले निरन्तर प्राप्त गर्दै गएको उपलब्धीमा आफू खुसी भएको बताएका छन्। उनले नेपाली क्रिकेटको लोकप्रियताले आफुलाई नेपाल भ्रमणका लागि प्रेरित गरेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले २०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकपको सहआयोजक भएको र नेपालमा रहेका मैदानको अवस्थाका बारेमा जानकारी लिने बताए। उनले टियू मैदान र मुलपानि क्रिकेट मैदानको अवलोकन गर्ने जानकारी गराए।

त्यस्तै क्यान अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी अध्यक्ष बार्कलेलाई स्वागतका लागि क्यान प्रतिक्षारत रहेको बताएका छन्। उनले अध्यक्षको आगमनले नेपाली क्रिकेटलाई नयाँ अध्यायमा पुर्‍याउने विश्वास ब्यक्त गरे।

प्रतिकृया