• १८ भदौ २०८३, बिहीबार
  • ५ः४८ बेलुका

आजको मौसम: लुम्बिनी र गण्डकीसहित पहाडी भागमा सामान्य बदली

प्रकाशित मिति

२०८० फाल्गुन १३ गते, आईतवार ०९:१४

फागुन १३, २०८० काठमाडौँ: हाल नेपालमा पश्चिमी न्यून चापीय वायु प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।

Kamana Sewa

यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Classic Tech Desktop

राती भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया