• १५ असोज २०८३, बिहीबार
  • १२ः३९ राती

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के छन् एजेन्डा ?

प्रकाशित मिति

२०८० फाल्गुन ८ गते, मंगलवार ०७:१७

फागुन ८, २०८० काठमाडौँ: नेकपा (एमाले)का केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । एमालेको सातौँ केन्द्रीय कमिटी बैठक फागुन ८ (आज) देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

National Life

एमालेले केन्द्रीय कमिटी बैठकको ६ वटा कार्यसूची तय गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् ।

बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्ताव छन् ।

प्रतिकृया