• १५ असोज २०८३, बिहीबार
  • ६ः०६ बिहान

काभ्रेको रोशीमा कार र ट्याक्सी ठोक्किँदा १० जना घाइते

प्रकाशित मिति

२०८० माघ २ गते, मंगलवार ११:०३

माघ २, २०८० काठमाडौँ: काभ्रेको रोशीमा कार र ट्याक्सी आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

National Life

सोमबार साँझ रोशी गाउँपालिका- ८ स्थित बीपी राजमार्गमा काठमाडौँबाट मंगलटारतर्फ जाँदै गरेको बीएबी २९२५ नम्बरको कारलाई सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ज ३९४३ नम्बरको ट्याक्सीले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा कारमा सबार चार र ट्याक्सीमा सबार ६ गरी १० जना घाइते भएका छन् । उनीहरुमध्ये दुई जनाको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बाँकी ८ जना घाइते उपचारपछि घर फर्किएका प्रहरीले जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया