• १५ असोज २०८३, बिहीबार
  • ३ः४१ राती

विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गरौँः उपप्रमुख डंगोल

प्रकाशित मिति

२०८० माघ २ गते, मंगलवार १०:३१

माघ २, २०८० काठमाडौँ : महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

National Life

मंगलवार महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धेरै मानिसहरुको संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनःनिर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताउनु भयो । उहाँले विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताउनु भयो । उहाँले भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने पनि बताउनु भयो । उहाँले आगामी दिनमा विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भूकम्पबाट हाम्रो देश धेरै नै जोखिममा छ । हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्छ । त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ । त्यसका लागि महत्वपूर्ण पाटो सबै सधैँ तयार हुनुपर्छ । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको छ । आगामी दिनमा भूकम्पबाट जोगिन र भूकम्पमात्रै नभइ विभिन्न विपद्बाट जोगिनका लागि हामीले संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्छ । भूकम्प लगायतका विपद्मा हामीले हाम्रो स्थानीय प्रविधि प्रयोग गर्नसक्ने क्षमता छ, त्यो प्रयोग गरौँ । त्यसको अध्ययन अनुसन्धान गर्नुपर्छ । विद्यालयको पुनःनिर्माण गर्ने काम थाल्नुपर्ने जरुरी छ, त्यसको लागि स्थानीय सरकारको श्रोतले मात्रै नपुग्न सक्छ । सबैले मिलेर काम गर्न आवश्यक छ । विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्बाट जुध्न थेग्ने संरचना निर्माण गरौँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उपप्रमुख डंगोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्ने भएकाले कुनैपनि बेला भूकम्प आउनसक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्वतयारी गर्नुपर्ने बताउनु भयो । पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको बताउनु भयो ।

प्रतिकृया