• १० असोज २०८३, शनिबार
  • ९ः१२ राती

नेपाल सुपर लिगमा यामाहा रेजेडआर हाइब्रिडको हेल्मेट र्याक पहल

प्रकाशित मिति

२०८० पुष १३ गते, शुक्रबार ११:२५

पुस १३, २०८० काठमाडौँ: दुईपाङ्ग्रे सवारी साधनको दुनियाँमा अग्रणी नाम रेजेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्याकहरू उपलब्ध गराएको छ। यस पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने कम्पनीको अटल प्रतिबद्धता झल्काउने विश्वास कम्पनीले लिएको छ।

National Life

नेपाल सुपर लिगले फुटबल प्रेमीहरूलाई मोहित तुल्याइरहेको बेला रेजेडआर हाइब्रिड १२५ को यस नौलो पहलकदमीले खेलको मजा लिँदैगर्दा फ्यानहरूलाई हेल्मेट राख्नको लागि सुविधाजनक स्थान उपलब्ध हुनेछ। यसले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूसँग आफ्नो हेडगियर राख्न सुरक्षित र पहुँचयोग्य ठाउँको सुनिश्चितता प्रदान गर्नेछ जसले गर्दा वहाँहरुले निश्चिन्त भएर फुटबलको मजा लिन सक्नेछन्।

फुटबल खेललाई माया गर्ने भावुक प्रशंसकहरूको सम्मानस्वरूप यामाहा रेजेडआर हाइब्रिड र केटीएम रेजेडआर्सले उत्साहपुर्वक यसको पहलकदमी लिएका हुन्। नेपाली खेलकुद र विशेषगरी फुटबललाई समर्थन गर्ने लामो इतिहास बोकेको यामाहा ए डिभिजन लिगमा समेत सक्रिय रुपमा संलग्न छ। यामाहाको एमएडब्लू टू ह्वीलर डिभिजनका अधिकारीहरूका अनुसार हेल्मेट र्याकको स्थापनाले फ्यानहरूमा फुटबलको रोमान्च अझै बढ्ने छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस पहलकदमी फुटबल उत्साहीहरूका लागि सुविधा, पहुँच र बढ्दो उत्साह प्रदान गर्नमा केन्द्रित रहेको छ। नेपाली खेलकुदलाई सहयोग गर्ने यामाहाको प्रतिबद्धतालाई नेपाल सुपर लिगसँगको साझेदारीले थप प्रगाढ बनाएको छ भने हेल्मेट र्याकको स्थापनाले फुटबलको मजामा अझै धेरै सहजता र आनन्द थपेको छ।

प्रतिकृया