• १० असोज २०८३, शनिबार
  • ६ः०८ बिहान

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार

प्रकाशित मिति

२०८० पुष १३ गते, शुक्रबार १०:५३

पुस १३, २०८० काठमाडौँ: दक्षिण अफ्रिकाविरुद्धको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारतले लज्जास्पद हार व्यहोरेको छ । दक्षिण अफ्रिकाले दोस्रो इनिङमा बनाएको ४०८ रन दुई इनिङमा पनि बनाउन नसकेपछि भारत एक इनिङ र ३२ रनले पराजित भएको हो ।

National Life

दक्षिण अफ्रिकाको सेन्चुरियनस्थित सुपरस्पोर्ट्स पार्कमा टस हारेर ब्याटिङमा तानिएको भारतले पहिलो इनिङमा ६७.४ ओभरमा २४५ रन बनाएको थियो । पहिलो इनिङमा भारतका लागि केएल राहुलले १०१ रनको शतकीय पारी खेल्दा विराट कोहलीले ३८ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले पाँच तथा नान्द्रे बर्गरले तीन विकेट लिए।जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले १०८.४ ओभर खेल्दै ४०८ रन बनायो। उसका लागि डिन इलगारले १८५ रनको शतकीय पारी खेल्दा मार्को जेसनले ८४ र डेभिड बेडिन्घमले ५६ रनको अर्धशतकीय पारी खेले ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतका जसप्रित बुमराहले चार तथा मोहम्मद सिराजले दुई विकेट लिए। १६३ रनको पछि परेको अवस्थामा दोस्रो इनिङ थालेको भारतले मात्र १३१ रन मात्र बनाउन सक्यो । उसका लागि विराट कोहलीले ७६ र शुभमन गिलले २६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिकृया