• १५ असोज २०८३, बिहीबार
  • ३ः४९ राती

आजको मौसम: पहाडी भागका केही स्थानमा हल्का वर्षा, हिमालमा हिमपात

प्रकाशित मिति

२०८० मंसिर १९ गते, मंगलवार ०८:५०

मंसिर १९, २०८० काठमाडौँ: हाल मुलुकमा उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात भइरहेको छ।

National Life

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

कोसी, मधेश, बागमती, लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति कोसी प्रदेशलगायतका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया