• २७ भदौ २०८३, शनिबार
  • २ः५६ राती

आज २४ मिनेटसम्म किन खुलेन नेप्से ? कारण यस्तो छ

प्रकाशित मिति

२०८० मंसिर १३ गते, बुधबार ०३:३७

मंसिर १३, २०८० काठमाडौँ: नियमित रुपमा ११ बजे खुल्ने सेयर बजार आज ११ बजेर २४ मिनेट जाँदा मात्र खुल्यो । सामाजिक सञ्जालमा लगानीकर्ताबीच यस विषयमा केहीबेर जुहारी पनि चल्यो । कतिपयले त नेप्सेको लापरवाहीले गर्दा अर्काे स्टक एक्सचेन्ज आवश्यक परेको पनि भन्न भ्याए ।

National Life

तर, नेप्सेको सिस्टम बिग्रिएको भने हैन । सानो कमजोरीले गर्दा आज सेयर बजार खुल्न करिब आधा घण्टा लागेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एक अधिकारीका अनुसार डाटा सेन्टरमा जाने पावर अफ हुँदा आजको समस्या आएको हो ।

“हिजो बाहिरका काम गर्नेहरूले पावर अफ गरिदिएछन् । त्यो कुरा हामीले बिहान १० बजेमात्र थाहा पायौँ,” उनले भने, “हिजोका डाटाको काम गर्न समय लागेकाले टीएमएस खुल्न समय लागेको हो ।”

Classic Tech Mobile
Classic Tech Desktop

नेप्सेको टहरो हटाउने काम अहिले धमाधम भइरहेको छ । त्यही टहरो भत्काउने क्रममा कामदारहरूले पावर अफ गरिदिएको स्रोतको भनाइ छ ।

प्रतिकृया