• २६ भदौ २०८३, शुक्रबार
  • १२ः५८ राती

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

प्रकाशित मिति

२०८० कार्तिक ३० गते, बिहीबार ०४:०१

कात्तिक ३०, २०८० काठमाडौँ: दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

National Life

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ ।


उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया