• २१ असोज २०८३, बुधबार
  • ४ः२२ बिहान

तिहार तथा नेपाल सम्वत् ११४४ को शुभकामना

प्रकाशित मिति

२०८० कार्तिक २५ गते, शनिबार ०२:२१

कात्तिक २५, २०८० काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तिहारले एकतालाई अझ मजबूत बनाएको बताएका छन्। शनिबार तिहार तथा नेपाल सम्वत् ११४४ को शुभकामना दिँदै देउवाले हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको उल्लेख गरेका छन्।

National Life

‘नेपाल विभिन्न जात-जाति, भाषा-भाषी, धर्म, विभिन्न चाड-पर्व एवं विभिन्न संस्कृति भएको देश हो। हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ। तिहारले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ।’ शुभकामनामार्फत उनले भनेका छन्, ‘तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ।’


पूर्वप्रधानमन्त्री देउवाले शंखधर साख्वाः को उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको बताए। ‘बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ। नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो। नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वा, को योगदानलाई सम्झाउँछ। यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो। शंखधर साख्वाः लाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं।’

Classic Tech Mobile
Classic Tech Desktop

अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै उनले तिहार तथा नेपाल सम्वत्को नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति र समृद्धिको पुनः शुभकामना व्यक्त गरे।

प्रतिकृया