• २८ भदौ २०८३, आइतबार
  • ८ः३३ राती

बाँकेमा ३२ करोड बजेट फ्रिज

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ०९:५१

नेपालगन्ज। बाँकेका आठवटै स्थानीय तहमा आएको विकासको बजेट करिब ३२ करोड बढी फ्रिज भएको छ । सबैभन्दा बढी रकम फ्रिज हुने स्थानीय तहमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका छन् ।

National Life

नेपालगन्ज उपमहानगरको साढे १० करोड र कोहलपुरको सवा ७ करोड बढी रकम फ्रिज भएको छ । यसैगरी, नरैनापुर गाउँपालिकाको ३ करोड ३५ लाख, खजुरा र राप्ती सोनारीको २ करोड बढी रकम फ्रिज भएको छ । नेपालगन्ज उपमहानगरले आर्थिक वर्ष २०७५÷७६ मा विद्यालय क्षेत्र विकास कार्यक्रमको ३ करोड ७३ लाख ७० हजार रुपैयाँ खर्च नसकेर फ्रिज भएको छ ।

प्रतिकृया