• २१ असोज २०८३, बुधबार
  • ९ः१२ बिहान

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

प्रकाशित मिति

२०८० कार्तिक ९ गते, बिहीबार ०७:०३

कात्तिक ९, २०८०, काठमाडौं: नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

National Life

देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया