भारतीय विदेशमन्त्री आउदै
प्रकाशित मिति
२०७६ भाद्र ४ गते, बुधबार ०९:०३
काठमाडौं । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतका विदेशमन्त्री एस जय शंकर आज बिहान ११ः४५मा काठमाडौं ओर्लदैछन् । उनी बंगलादेशको तीन दिने भ्रमण पूरा गरेर ढाकाबाट नै नेपाल आउन लागेका हुन् । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दैछन् । बैठकले दुई देशका सम्बन्धका सबैजसो पक्षका बारेमा सम्बोधन गर्ने जनाइएको छ । जसमा कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार र पारवहन, उर्जा र जलश्रोत, संस्कृति, शिक्षा र अन्य दुई पक्षीय चासोका विषयहरु एजेण्डाको रुपमा रहेको जनाइएको छ ।
आयोग सन् १९८७ मा स्थापना भएको हो । यसअघिको चौथो बैठक गएको सन् २०१६को अक्टोबरमा नयाँ दिल्लीमा भएको थियो । भारतीय विदेशमन्त्रीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । उनलाई आज परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोज दिनेछन् । उनी भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।





प्रतिकृया